विधार्थी जनमत संघ महोत्तरी अरकेष्ट्र गराउने माथि कारवाहीको मांग गरेका छन् ।

जलेश्वर । जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्ला भरिमा लगाएको आरकेस्ट्रा प्रतिबन्धको धज्जी उडेको छ । गत भदौ २ गते बिहिबार मात्र जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक विज्ञप्ती जारी गर्दै जिल्ला भरीमा आरकेस्ट्रा प्रतिबन्धको प्रतिबन्ध गरिएको उल्लेख गरेको थियो ।

तर, जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको २४ घण्टा नबित्दै त्यसको उलंघन गरी महोत्तरीको जलेश्वर नगरपालिका ५ स्थित रहेको श्री माबि पर्सा पतैली बिधालयमा आरकेस्ट्रा कार्यक्रम आयोजन भएको थियो ।

आयोजना भएको आरकेस्ट्राभन्दा केहि पर मात्र प्रहरीचोकी पनि छ । समाजमा विकृति फैलाउने अश्लील गीतमै नृत्य भइरहँदा प्रहरी मुकदर्शक बनेका थियो ।

विधार्थी जनमत संघ को पूर्व जिल्ला अध्यक्ष सुमन कुमार चौधरी दुरा प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ ।

Design a site like this with WordPress.com
Get started